दफा १९६
नाबालक लिने व्यक्ति तथा बालबालिका छनौट गरी सिफारिस गर्नु पर्ने

छनौट समितिले दफा १९४ को उपदफा (१) बमोजिम प्राप्त निवेदन तथा सो साथ संलग्न विवरण बमोजिम प्राप्त नाबालकको विवरणकोआधारमा निवेदकको मागलाई समेत दृष्टिगत गरी कुन निवेदकलाई कस्तो किसिमको नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिनउपयुक्त हुन्छ सो यकिन गरी निवेदक र नाबालकको नाम बोर्ड समक्ष सिफारिस गर्नु पर्नेछ ।